राष्ट्रसंघको बैठकमा डायनासोर छिरेपछि (भिडियो सहित)

पोखरा । राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा एउटा भिडियो जारी गरेको छ । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले उक्त चेतनामूलक भिडिओ तयार पारेको हो।

पृथ्वीबाट लोप भैसकेको डायनासोर एक्कासी राष्ट्रसंघको बैठकमा प्रवेश गर्छ । सबै अचम्म अनि डराउन थाल्छन् । त्यसपछि डायनासोरले बैठकबाट विश्वलाई नै सन्देश दिन थाल्छ ।

 

कोप–२६ को सन्दर्भमा सार्वजनिक यो साढे दुई मिनेटको भिडिओले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ। यसमा युएनडिपी नेपाल नियोगले उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।

 

कमेन्टहरु
Loading...