चीनले श्रीलङ्कामा जैविक मलको एउटा अर्डर रद्द भएपछि श्रीलङ्काको एउटा बैंकलाई कालोसूचीमा राखेको छ । अंग्रेजी पत्रिका ‘द हिन्दु’ का अनुसार चीनले जैविक मलको एउटा अर्डरको सम्भावनामा ‘दुर्भावनावूर्ण’ लेटर अफ क्रेडिट ‘डिफल्ट’ लाई उद्धृत गर्दै श्रीलङ्काको एउटा शीर्ष सरकारी बैंकलाई कालोसूचीमा राखेको छ । चीनको उद्योगलाई श्रीलङ्कासँग अन्तरराष्ट्रिय व्यापारमा ‘ठूलो हानी’ भएकोल श्रीलङ्काको एउटा शीर्ष सरकारी बैंकलाई कालोसूचीमा राखेको बताइएको छ ।
श्रीलङ्काले हालै चीनको एउटा कम्पनीलाई जैविक मलको अर्डर दिएको थियो तर मलमा हानिकारक ब्याक्टेरिया पाइएका कारण श्रीलङ्काली अधिकारीले एक चिनियाँ जहाजमाथि रोक लगाएको थियो भने लेटर अफ क्रेडिट दिने बैंकले कम्पनीलाई भुक्तानी गर्न अस्वीकार समेत गरेको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार एक वाणिज्यिक उच्च न्यायालयले चिंगदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६,००० टन मलका लागि कुनै पनि भुक्तानीमाथि प्रतिबन्ध लगाइएको थियो ।
दुई देशबीच चलिरहेको यो विवादले श्रीलङ्कामा कृषि संकट पैदा हुनसक्ने अनुमान गरिएको छ ।