कोरोनाविरुद्धको फाइजर खोप हस्तान्तरण

काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि एक लाख ६२० मात्रा खोप सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा युएसएआइडी नेपालका निर्देशक सेपिडे केभान्शाडले मन्त्रालयका सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरेकी छन् ।फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

तस्बिरः रासस/रत्न श्रेष्ठ

कमेन्टहरु
Loading...