कमल सुवेदी, लमजुङ। । लमजुङ सदरमुकाम बेसीसहरमा शनिबार सम्पन्न जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि विनोद तामाङ र प्रल्हाद बोहराको जोडिले हात पार्न सफल भएका छन् । प्रतियोगितामा प्रथम उपाधी हासिल गर्न सफल तामाङ र बोहराको जोडीले नगद २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी पाएका छन् ।
उपविजेता सुन्दरबजार नगरपालिका ७ का लोकेश सुनार र दीपन गायकले १५ हजार रुपैयाँ पाएका छन् । फिटनेस कम्प्लेक्स र लमजुङ व्याडमिन्टन संघले आयोजना गरेको ३ दिन प्रतियोगिता शनिबार सम्पन्न भएको हो । उक्त व्याडमिन्टन प्रतियोगितामा २३ टीमले सहभागिता जनाएको थियो । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल सुन्दरबजारका रोहित गुरुङ र सुवास श्रेष्ठले जनही ५÷५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफि पाएका छन् ।