हिमालयन बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको २० असोजमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ३८ प्रतिशत बोनस सेयर र चार प्रतिशत ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लाभांश वितरण गरिनेछ।