पोखरा । पोखराको न्युरोडमा भर्खरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।
उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित,अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिदमा ५ प्रतिसत देखी १५ प्रतिसत सम्म सम्म मुल्यमा छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
उक्त ईन्टरप्राईजेजले हेटौडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु विक्री वितरण गर्दे आईरहेको छ ।
हाल कम्पनीले ८ देखी १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औधगिक प्रयोजनका र सस्थांगत २० देखी २५ लिटर सम्मका खानेपानी शुद्दीकरण गर्ने युरो गाार्डहरु उत्पादन र विक्रि वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।