एमाले फुटाउन ल्याएको अध्यादेश सरकारले फिर्ता लियो

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिनका ल लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहित सरकारले अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भइसकेपछि नेकपा एमाले र जनता समाजवादी दल विभाजन भइसकेको छ ।

जनता समाजवादी पार्टीले अध्यादेश फिर्ता नलिइ सरकारमा सहभागी नहुने अडान राखेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

कमेन्टहरु
Loading...