एमाले केन्द्रिय कमिटी बैठक बस्दै

शुक्रबारबाट सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ।

कमेन्टहरु
Loading...