आज संक्रमित ६५६, निको हुने १४१३

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ४० जनाको ज्यान गइसकेको छ ।

त्यसैगरि हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४ हजार ३ सय १३ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...