दलाली र गुलामी प्रवृत्तिका कारण युवा आन्दोलन सशक्त बन्न सकेन: संयोजक देवकोटा

पोखरा । वाइसिएल केन्द्रीय संयोजक सुमन देवकोटा पछिल्लो समय दलाली र गुलामी प्रवृत्तिका कारण युवा आन्दोलन सशक्त बन्न नसकेको बताएका छन् ।

प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक देवकोटाले बन्द उद्योग खुलाएर युवाहरुलाइ दिन सरकारसंग माग समेत गरे ।

स्थानीय सरकारदेख केन्द सरकारस सम्म भ्रष्टाचार मौलाएको भन्दै वाइसिएलले भ्रष्टचार विरोधी अभियान थाल्ने उनले बताए ।

उनले अघिल्लो सरकारले चरम भ्रष्टचार गरेको आरोप समेत लगाए ।

युवाहरुलाई कानुन निर्माणको तहसम्म पुर्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

संविधान र ब्यबस्था बचाउनको लागि भएको गठबन्धनले चुनावसम्मै निरन्तरता पाउने उनले दाबी गरे ।

कमेन्टहरु
Loading...