अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ ।

सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए ।

‘हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,’ फाउचीले भने ।

अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उनको बुझाइ छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फाउचीले बताए ।

कमेन्टहरु
Loading...