सिएमसि कास्कीको अध्यक्षमा कोइराला

गन्थन संवाददाता । कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसि) कास्कीको चाैथाे वार्षिक साधारण सभाले अध्यक्षमा अपिल कोइराला सर्वसम्मत चयन गरेकाे छ । अध्यक्ष पदमा चयन भएका कोइराला कोन सामुदायिक सहाकारीका महाप्रवन्धक हुन् ।

त्यस्तै उपाध्यक्षमा सरल नमुना सहकारीका प्रवन्धक हरिप्रसाद पन्थी, सचिवमा पृथ्वी बहुउद्देश्यीय सहकारीका प्रवन्धक मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा नयन सहकारीका प्रवन्धक सन्तोष त्रिपाठी र सहसचिवमा शुभसौगात सहकारीका प्रवन्धक सन्तोष रानाभाट चयन भएका निर्वाचन समिति संयोजक भिम गुरुङले जानकारी दिए ।

त्यसैगरि सदस्यमा जनसेवा सहकारीका प्रवन्धक प्रेमसागर अधिकारी, मित्रमिलन सहकारीका प्रमुख कार्यकारी अधिकारी किरण अधिकारी, सुरक्षा पालुवा सहकारीका प्रमुख कार्यकारी अधिकारी विष्णुप्रसाद अधिकारी, फेवा सहकारीका प्रवन्धक जगन्नाथ तिमिल्सिना, प्राइम सहकारीकी प्रवन्धक निरु थापा र रानीवन सहकारीका प्रवन्धक सुवास अधिकारी चयन भएका छन् ।

आगामी दिनमा क्लवका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता अध्यक्ष कोइरालाले व्यक्त गरे । साथै सदस्य वृद्धि गर्दै नेपाल भरिका सिएमसिका सदस्यहरुबीच सहकार्य गर्ने, देशभरिका व्यवस्थापकहरुले सिकेका कुरा कास्कीमा भित्राउने र कास्कीका सिकाई बाहिरी जिल्लामा शेयर गर्ने अध्यक्ष कोइरालाले बताए । पोखरालाई सरकारीको हव बनाउन प्रयत्न रहने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका प्रवन्धक भोजराज घिमिरेले क्लवले तालिम, प्रशिक्षण र सिकाई महत्व दिनुपर्ने बताए । कार्यक्रममा सहकारी अभियान कर्मी तथा निर्वाचन समितिका संयोजक भिम गुरुङ, क्लवका निवर्तमान अध्यक्ष डम्बर सिं बस्नेतलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबमा हाल ११३ जना विभिन्न सहकारीमा आबद्द प्रबन्धकहरु रहेका छन् । क्लवले सहकारीमा आवद्ध कर्मचारीहरुलाई वार्षिक १२ वटा तालिमहरु दिँदै आइरहेको छ । सहकारीमा आवद्ध ब्यबस्थापकहरुको क्षमता विकास गर्ने सोच लिएर यो क्लव गठन भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु
Loading...