आज संक्रमित भन्दा निको हुने दोब्बर

पोखरा । आज नेपालमा कोरोना संक्रमितको हुनेको संख्या भन्दा निको हुनेको संख्या दोब्बर बढी रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ८ सय १८ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरि हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...