गुरुङको फेता लगाएर बाबुराम कार्यक्रममा

पोखरा /जसपाका संघिय परिषद सदस्य बाबुराम भट्टराई गुरुङ जातीको फेता लगाएर कार्यक्रममा देखिएका छन् ।

जसपाको केन्द्रीय कार्यक्रम संगठन बिस्तार तथा सुदृढ अभियान अन्तर्गत गण्डकी प्रदेशमा प्रदेशका जिल्ला स्तरिय नेता कार्यकर्ता सहभागी बनेका छ ।

जसपा गण्डकी प्रदेशमा आन्तरिक किचलो भएपछि एकदिनपछि कार्यक्रम भएको हो । मंगलबार दिनभर बाबुराम लगायतका जसपाका नेताहरु प्रदेशका नेता कार्यकर्तासंग बसेर आजको कार्यक्रमको सहमति भएको हो ।

नेताहरु बिचमा सहमति बनेपनि कार्यकर्ता भने असन्तुष्ट बनेका छन् । कार्यक्रममा जनता समाजबादीका नेताहरु राजेन्द्र श्रेष्ठ, हिसिला यमी, हरिशरण आचार्य, गणेशमान गुरुङ र मोति रिजाल लगायतको सभागिता रहेको थियाे ।

सरकारले गरेको निषेधाज्ञाको उलङ्गन गर्दै जसपाले कार्यक्रम गरेको हो ।

कमेन्टहरु
Loading...