नीति तथा योजना आयोग गण्डकीलाई डा. भट्टराईको सुझावः दुई दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने गरी योजना ल्याउनुहोस्

पोखरा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेश नीति तथा योजना आयोग सँग पोखरामा छलफल गरे । आयोगका उपाध्यक्ष डा. रघु राज काफ्ले सँगै सदस्यहरु डा. सुवास अधिकारी र श्री माया तिम्सिना पनि छलफलमा सहभागी थिए । उपाध्यक्ष डा. काफ्लेले प्रदेशको आर्थिक स्थिति र भावि योजनाको बारेमा प्रकाश पारे । कोभिडजन्य माहामारीले उत्पन्न गरेको बिषम परिस्थिति माझ समसामयिक आर्थिक बस्तुस्थितिको समिक्षा गरि दीगो बिकासका लक्ष र चालु पञ्चबर्षीय योजनाले निर्दिष्ट गरेका लक्षहरू हासिल गर्ने प्रदेश सरकारको हरेक कदममा सहकार्य गर्दै आयोग अघि बढेको कुरा पनि डा। काफ्लेले अबगत गराए।

त्यसै गरी आयोगका सदश्य श्री माया तिम्सिनाले सिमित साधन र श्रोतका बावजुद कृषी र घरेलु उद्योगमा लगानी बढाई रोजगारी सृजना गर्ने गरी योजनाहरु तर्जुमा गर्ने तयारी भईरहेको कुराको जानकारी गराईन । अर्का सदश्य डा। सुबास अधिकारीले पोखरा क्षेत्रीय बिमानस्थललाई आर्थिक गतिबिधीको केन्द्रको रूपमा रूपान्तरण गर्ने गरी योजना आयोगले योजनाहरू तर्जुमा गरिरहेको ब्यहोराको जानकारी गराए ।

छलफलको अन्त्यमा डा. भट्टराईले आफ्ना भनाईहरु राखेका थिए । नेपाली अर्थतन्त्र कैयौ कोशिसका बावजुद किन अन्यत्र झै कृषीबाट उध्योग हुदै सेवा क्षेत्रमा प्रबेश गरेन होला ? उनको जिज्ञासा थियो । खाली निर्वाहामूखि कृषीमा आधारित भई नेपाली अर्थतन्त्र परम्परागत कृषीबाट उध्योग र सेवामा बिस्तार हुनै सकेन। यसको बस्तुनिष्ठ कारण पहिचान गरेर गुणात्मक बिकाशको फड्को मार्न सक्ने योजना बनोस भन्ने उनको आसय थियो।
गण्डकी प्रदेश अन्तर्गतका बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी र मादी नदीहरूको कोरीडोरमा सडक, कृषी र उर्जाको एकिकृत बिकास गर्दै बिकासमा फड्को मार्न सकिने कुरामा उनको जोड थियो। यस्ता प्रकारका बृहत योजनाहरूमा आबश्यक परे बाह्य लगानी भित्र्याउन पनि पहल गर्नु पर्ने कुरामा उनको राय थियो।

संघियताको मर्म अनुशार स्थानिय निकायलाई सशक्त बनाउन स्रोत बितरणमा उदार हुँदै दुई दशकमा दुई अँकको आर्थिक बृद्दीदर हासिल गर्ने रननीतिक योजना बनाउन उनको डा. भट्टराईको सुझाब थियो। आबश्यक परे युबा अर्थशास्त्री, योजनाकार, बैज्ञानिक, तथा बुद्दीजिवीहरुको टीम बनाई योजनाहरू मूर्त र ठोस योजना बनाई अघि बन्नुहोस् , उनको आयोगलाई सल्लाह थियो ।

कमेन्टहरु
Loading...