काबुल विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने चेतावनी

अमेरिकाले अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने बताएका हुन् ।

बाइडेनले विज्ञप्ती जारी गर्दै २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको भन्दै अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका छन् ।

कमेन्टहरु
Loading...