जनचेतनको ५७ औ बार्षिकोत्सव सम्पन्न

पोखरा, १ फागुन । कास्की निर्मलपोखरी गाविसमा रहेको जानचेतन उच्च माविले ५७ औ बार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उमाविले शिक्षकहरु यज्ञप्रसाद पराजुली, हरि गिरी र सोमनाथ आचार्यलाई नगद तिन हजार रुपैया सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यस्तै समाधान राष्ट्रिय दैनिकका पत्रकार अर्जुन गिरी,जगन्नाथ पौडेल र सर्वउत्कृष्ट अंक प्राप्त गरेकी छात्रा सकुन्तला गिरीलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि सभासद रविन्द्र अधिकारी, विशेष अतिथि नेपाली काग्रेशका युवा नेता देवराज चालिसेले अविर र दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सभासद अधिकारीले शिक्षाको ठूलो महत्व रहेको भन्दै सबै विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गर्न आग्रह गरे । साथै जनचेतन उमाविले शिक्षाको क्षेत्रमा अतुलनिय योगदान पुराएको भन्दै विद्याललाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै विशेष अतिथि चालिसेले शिक्षालाई गुणस्तरीय बनाउन सबैले पहल गर्नु पर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा रामचन्द्र पोख्रेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा शिल्ला शिक्षा कार्यालय कास्कीका स्रोत ठाकुर प्रसाद सुवेदी,अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, निर्मलपोखरी गाविसका सचिव गंगादत्त पौडेल, धु्रर्व राईमाझी, विद्यालयका प्राचार्य निर्मलबहादुर अधिकारी, शिक्षक शाप्र लोदनाथ बराल, जगन्नाथ पौडेल लगायतकाले बोलेका थिए भने कार्यक्रमको संचालन शिक्षक यज्ञप्रसाद पराजुली र शिवदत्त अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...