कास्कीमा जनयुद्ध दिवसमा शुभकामना र चियापान

पोखरा, १ फागुन/१९ औ जनयुद्ध दिवस कास्कीका एकिकृत नेकपा माओवादी कास्की र माओवादी कास्कीले छुट्टाटुट्टै कार्यक्रम गरि मनाएका छन् । दुबै पाटिले पार्टि कार्यालयमा चियापान कार्याक्रम गरि १९ औ जनयुद्ध दिवस मनाएका छन् । नेपालमा गणतन्त्र स्थापनाका लागि भन्दै माओवादीले बिस २०५२ फागुन १ गते देखी मुलुकमा १० बर्ष सम्म शसस्त्र जनयुद्ध गरेको थियो ।

जनयुद्धमा करिब १५ हजारल ज्यान गुमाएका थिए भने हजारौ बेपत्ता र घाइते भएको थिए । आज जनयद्ध दिवसको अवसरमा एकिकृत नेकपा माओवादी कास्की कार्यालय शिबालयचोक पोखरामा शुभकामना तथा चियापान कार्यक्रम भयो भने करिब सय मिटर पर कार्यालय रहेको माओवादीले पनि शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरि मनायो ।

त्यसै गरि माओवादीका गाउँ तथा वडामा पनि पार्टीहरुले आ–आफ्नै पहलमा विविध कार्यक्रम गरी मनाएको पार्टि कार्यकर्ताले जानकारी दिए । दुइ बर्ष अघि जनयुद्ध दिवसकै दिन काठमाण्डौमा शहादत प्राप्त गरेका साहित्यकार तथा प्राध्यापक घनाश्याम ढकालको श्रद्धाञ्जली सभा समेत मनाएको एकिकृत नेकपा माओवादीले जानकारी दिएको छ ।

विस २०६२÷६३ सालमा तत्कालिन नेकपा माओवादी सहित सात संसदवादी दलको संयुक्त जनआन्दोलनपछि, मुलुकमा गणतन्त्रको स्थापना भएको थियो । जनयुद्धका क्रममा कास्कीमा ३८ जनाले ज्यान गुमाएका थिए भने कास्कीमा पुर्ण पौडेल र चमनलाल बराल सहितका नेताहरु अझै पनि बेपत्ता छन् ।

कमेन्टहरु
Loading...