आज २३२१ जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ४ सय २९ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरि हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...