गोर्खालीको सम्मानमा सबै जुटौंः पर्यटन मन्त्री शर्मा

पोखरा । गोर्खाली विरहरुको सम्मानमा सरकार र नागरिक सबै जुटेर काम गरेमा नेपालकै शान विश्व भर कायम रहने बताउँदै पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा रहने बताएका छन् ।

बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको ईतिहासलाई लिपिबद्ध गरी विश्व बजारमा बिक्री गर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी पालिकाले यस योजनालाई गौरवको योजनाको रुपमा लिएर काम गरीरहेको बताउँदै प्रदेश र संघीय सरकारले यसमा चासो र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरी वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षेत्रीले लगानी अनुसारको वातावरण सिर्जना गर्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रजातन्त्रका सेनानी तारापती सुवेदीले सेनाहरुको बहादुरीले नेपालको इज्जत आएको र अहिले पनि नेपालीलाई राम्रो काम गर्ने सेनाको रुपमा हेरिने भएकाले यस्ता पार्कहरुले सबैको इज्जत हुने बताएका छन् । युवा नेता यमप्रसाद पौडेलले पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

सन् १८१४को नेपाल–अंग्रेज युद्धदेखि विश्वका विभिन्न देशका युद्ध भूमिहरुमा मारिएका साठी हजार भन्दा बढी वीर गोर्खाबाट परिचित वीरगति प्राप्त नेपाली युवाहरुको चिर स्मृतिमा पार्क निर्माण भईरहेको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष जंगबहादुर गुरुङले जानकारी गराएका छन् ।

गोर्खाली सैनिक माथी भएको विभेदका विरुद्धमा विदेशमा समेत लडाई भईरहेको ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले बताउँदै आफ्ना नागरिकको सम्मान र स्मृतिका लागि सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

कमेन्टहरु
Loading...