निष्पक्षर छात्रवृत्तीकाे माग गर्दै अनेरास्ववियुद्वारा शिक्षा महाशाखामा तालाबन्दी

गन्थन संवाददाता । अनेरास्ववियु कास्की कमिटीले निष्पक्षरुपमा छात्रवृत्ती हुनुपर्ने माग राख्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखामा मंगलबार तालाबन्दी गरेको छ ।

यस अघि कक्षा ११ र १२ मा दिँदै आएको छात्रवृत्ती महाशाखाको सिफारिसका आधारमा भएपनि यस पटक विद्यालयहरुलाई नै जिम्म लगाएर महाशाखा शैक्षिक व्यापारीको मतियार बन्न पुगेको उनीहरुको आरोप छ ।

अनेरास्ववियुले समयमै ध्यानाकर्षण गराउँदा गराउँदै पनि वेवास्ता गरि निजी विद्यालायलाई नै विद्यार्थी छनोट गर्ने जिम्मा महाशाखाले दिएकोमा संगठनको घोर आपत्ती रहेको जनाएको छ ।

‘छिटो भन्दा छिटो छात्रवृत्तीको लागि शिक्षा महशाखाले नै आवेदन खुला गरि निष्पक्ष ढंगबाट विद्यार्थीहरुलाई छात्रवृत्ती उपलब्ध गराउन हाम्रो संगठन अनेरास्ववियु जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछ ।’ कास्की संयोजक विजय पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।

कमेन्टहरु
Loading...