कांग्रेस प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएका छन् ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेका थिइन् ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका छन्। सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् ।

काङ्ग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर गरिएको हो ।

कमेन्टहरु
Loading...