पछिल्लो २४ घण्टामा थप २१३७ जना संक्रमित, ५५ को मृत्यु

पोखरा । नेपालमा फेरी कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूणरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...