पछिल्लो २४ घण्टामा थप २२३१ जना संक्रमित, १९ को मृत्यु

पोखरा । नेपालमा फेरी कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूणरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...