एसईईको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको बोर्डले जानकारी दिएको छ ।

एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

कमेन्टहरु
Loading...