बागमती प्रदेशमा १३० कानून बन्यो

बागमती प्रदेशमा हालसम्म १३० वटा कानून तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशबाट जारी भई प्रदेश राजपत्रमा प्रकाशन भएका ती कानूनबारे मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले बनेको कानूनमध्ये दुई वटा आदेश खारेज भएको जनाएको छ । हालसम्म बनेका कानूनमध्ये ऐन ५० वटा जारी र ११ वटा संशोधन गरी जम्मा ६१ वटा रहेका छन् । यसैगरी २० वटा जारी र नौ वटा संशोधनसहित २९ वटा नियमावली रहेका छन् । तीन अध्यादेश रहेको छ । एक संशोधन र एक जारी गरी जम्मा विनियमावली रहेको मन्त्रालयले जनाएको छ ।

दुई जारी र एक संशोधनसहित वटा निर्देशिका, १७ वटा जारी र दुई वटा संशोधनसहित १९ वटा कार्यविधि रहेको मन्त्रालयले उल्लेख गरेको छ । त्यसैगरी दुई वटा मापदण्ड र ११ वटा आदेश रहेकामा दुई वटा आदेश खारेज भएको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...