गोरखा । गोरखा पालुङ्टार ९ मदने डाँडामा बिभिन्न पार्टी परित्याग गरि जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका जलस्रोत, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री हरिशरण आचार्यको प्रमुख आथित्यतामा उनीहरु जसपा प्रवेश गरेका हुन् । जसपा पार्टी प्रवेश कार्यक्रममा आचार्यले आँफुहरुले जनतासँग गरेको बाचा पुरा गरेको र आगामी दिनमा पनि जनतासँगै रहने प्रतिवद्धता व्यक्त गरे ।
पार्टी प्रवेश कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष नारायण खत्री, जिल्ला सदस्य पिटर श्रेष्ठ, अर्जुन तामाङलगाएतको उपस्थिति रहेको कार्यक्रममा अध्यक्षता सुनसिँङ तामाङले गरेका थिए ।
