फेरी बढ्न थाल्यो संक्रमण, थप २६३४ जना संक्रमित, ३३ को मृत्यु

पोखरा । नेपालमा फेरी कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूणरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...