पछिल्लो २४ घण्टामा थप २७२६ जना संक्रमित, २० जनाको मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ जना रहेका छन् ।

कमेन्टहरु
Loading...