मन्त्री शर्माका दुई निर्णयः पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमूख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।

त्यसलगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ’ उनले भने, सेवाग्राहिको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नहोस्।’

कमेन्टहरु
Loading...