उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको वार्षिक प्रगति समिक्षा सम्पन्न

उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति कार्यक्रम समिक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरि शरण आचार्यको  एवं योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. सुवास अधिकारी महाशाखा प्रमुखहरु, प्रदेश भरिका डिभिजन कार्यालय प्रमुखहरु वा प्रतिनिधि एवं इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा  सबै जिल्लाका डिभिजन कार्यालय प्रमुखहरुबाट बर्षभरिको भौतिक तथा वित्तिय प्रगति, योजना सम्पन्नताको अबस्था र काम कार्वाहीमा दखिएको समस्याबारे लिखित प्रतिवेदन प्रस्तुत गरिएको थियो।

योजना र स्रोत बाडफाँडमा कमि आएका कारण योजना सम्पन्न गर्न समस्या भएको कुरा विभिन्न जिल्ला प्रमुखहरुबाट अवगत गराएका थिए ।

कार्यक्रममा सहभागीले मन्त्री आचार्य समक्ष आयोजना समयमा सम्पन्न गर्नका लागि कोभिड, चाँडो बर्षातको असर, प्राविधिक जनशक्तिमा कमि, उपभोक्ताहरुबाट जनसहभागिताका काम समयमा नहुने, बाढी पहिरोका कारण सडकमा समस्या, मर्मतको बजेट नभएको, योजना संख्या धेरै हुँदा गुणस्तर नियन्त्रणमा चुनौती साथै बार्षिक संस्था नविकरणमा समस्या उत्पन्न भएको जानकारी गराएका थिए ।

कास्की लगाएतका जिल्लाहरुमा सार्वजनिक सम्पत्ति तथा सरकारी संरचना अतिक्रमणको टड्कारो समस्या रहेको र अतिक्रमण न्यूनिकरण गर्न चुनौतिपूर्ण रहेको जानकारी मन्त्री आचार्यलाई सहभागीले गराएका थिए ।

कार्यक्रममा मन्त्री आचार्यले विगतका आयोजना समयमा निर्माण सम्पन्न गर्न र सुधारात्मक प्रगति विवरण प्रस्तुत गरेको धन्यवाद व्यक्त गर्दै आगामी आर्थिक बर्षमा एक घर एक धारा, किसानका खेतहरुमा सिँचाई र उर्वर भूमि वचावटमा योजनागत परिचालीत भई थप गुणात्मक प्रगती गर्न निर्देशन दिएका थिए ।

कमेन्टहरु
Loading...