काँग्रेस-माओबादी किचलोको कारण गण्डकी प्रदेश सरकार बिस्तार भएन

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सरकार गठन भएको करिब डेढ महिना बित्दा पनि सरकारले भने पूर्णता पाउन सकेको छैन ।

प्रदेश सरकारमा सत्ता बाँडफाँडको बिषयलाई लिएर माओबादी र काँग्रेसको बिचमा किचलो रहेको हुँदा सरकारले पूर्णता नपाएको हो ।

सहमतीका लागि बुधबार माओबादी र काँग्रेसको बिचमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठकले के निष्कर्ष निकाल्यो त भन्ने प्रश्नमा एक माओबादी नेताले ब्याङ्ग्य गर्दै भने ‘ चिया र खाजा खाने बिषयमा बाहेक अरु कुरामा सहमति हुन सकेन् । तत्काल सहमति हुने छाँट पनि छैन ।प्रदेशको कुरा केन्द्रमा लगे हलो अड्काएपछि कसरी कुरा मिल्छ ?’

नेपाली काँग्रेस नेता तथा प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले पनि बैठकमा कुनै सहमति नभएको बताउँदै केन्द्रको निर्णय आए पनि नआए पनि आज बस्ने दुईदलको निर्णयले सरकार बिस्तारको बाटो खोल्ने बताए ।

सरकार निर्माणको समयमा सत्ता साझेदार दलहरुसंग काँग्रेसले किस्ता किस्तामा सहमति गर्ने तर कार्यान्वयन नगर्दा समस्या आएको बुझिन्छ । मन्त्रालय बाँडफाँडको बिषयलाई लिएर जसपासँग पनि काँग्रेसको खटपट परि रहेको छ । पछिल्लो सहमति पनि कार्यान्वयन नगर्ने हो भने जसपा सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

माओबादी र काँगेसमा सरकारमा सहभागिताको बिषयमा पार्टी भित्रै बिबाद पनि उस्तै छ भने दुई दलको बिचमा पनि शक्ति बाडफाँडको बिषयलाई लिएर झन बिबाद चुलिएको छ ।

माओबादी र काँग्रेसमा रहेका सबै सांसदहरु मन्त्रीका दावेदार रहेको छन् । सरकार निर्माणको बेला काँग्रेस चार ,माओबादी चार, जसपा दुई र राजीब गुरुङ एकगरि एघार सदस्यीय मन्त्रीमण्डल निर्माण गर्ने सहमति बनेको थियो ।

कमेन्टहरु
Loading...