करेन्ट लागेर ७ वर्षिय बालिकाको मृत्यु

लमजुङ संवादाता । लमजुङको राइनास नगरपालिका वडा नं. ७ सालफेदीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार टेलिभिजन हेर्न भनी सेट्रोल बक्स छुन पुग्दा राइनास नगरपालिका वडा नं. ७ बस्ने राकेश पाण्डेको छोरी सृष्टि पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार बिहान करेन्ट लागेर घाइते सृष्टिको उपचारका क्रममा गरमबेंसीस्थित सहोदर अस्पतालमा मृत्यु भएको हो ।

सेट्रोल बक्सको तार सर्ट भएको र हाइ भोल्टेजका कारण बालिकालाई करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ । तत्काल अस्पताल पु¥याए पनि बालिकाको बाटोमै मृत्यु भइसकेको भन्दै अस्पताल पुग्ने बित्तिकै डाक्टरले बालिकालाई मृत घोषणा गरेका थिए ।

घटनाको मुचुल्का उठाएर पोष्ट मार्टमका लागि बालिकाको शव सदरमुकाम बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।

कमेन्टहरु
Loading...