उमेरको पोर्टोकल नाघ्न खोज्दा खोप कार्यक्रम स्थगितः गण्डकी प्रदेश

गन्थन संवाददाता । उमेरको पोर्टोकल नाभ्न खोज्दा खोप कार्यक्रम स्थगित भएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लक्षित उमेर समूह ५० देखि ५५ वर्षकालाई दिने भनेपनि स्थानीय तहमा पुग्दा विभिन्न सुविधाहरु प्रयोग गर्दै अन्य उमेर समूहलाई पनि खोप लगाइए पछि स्थगित भएको हो ।

लक्षित वर्ग समुहमा खोप नपुगेको भन्दै केन्द्र सरकारले उमेर अनुसारकै खोप लगाउन निर्देशन दिएको छ । भोलीदेखि लक्षित उमेर समूह ५० देखि ५५ वर्षकालाई मात्र खोप लगाइने र त्यसको तयारीका लागि आज स्थगित गर्नुपरेको प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काले बताएका छन् ।

कमेन्टहरु
Loading...