नर्वेमा जेएसएस रनिङ्ग कप भलिबल प्रतियोगिता सम्पन्न

नर्वेको राजधानी ओस्लो शहरको सोङ्स्भानमा छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ।

खेलकुदको माद्यमद्वारा नर्वेका बिभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य ब्यवसाय गरी बसोवास गरिरहेका नेपाली भाषिहरु माझ भाइचारा र आपसी सद्भाव बढाइ नर्वेको नेपाली समाजमा छुट्टै पहिचान बनाउने र नेपाली समाज बिचको सम्बन्धलाइ अझै बढी प्रगाढ र मजबुत बनाउने प्रमुख उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट वार्षिक रुपमा आयोजना गरिदैं आएको नर्वेका बरिष्ठ उपसभापती कबिन्द्र ढकालले जानकारी दिए।

नर्वेमा रहेका बिभिन्न सङ्सस्था तथा समुहबाट पुरुष तर्फ ९ टिम सहभागी रहेका थिए भने महिला तर्फ २ टिम सहभागी रहेका थिए।पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे, एनआरएनए नर्वे, ओएनयुएफ नर्वे, एभरेष्ट क्लब, रेगुलर एथ्लेटिक्स ग्रुप अफ स्टुडेन्टस ओस्लो, नेपलिज सोसाइटी इन ट्रोम्सो, नेप्लिज स्टुडेन्ट सोसाइटी इन ओस्लो, जेएसएस नर्वे ए र जेएसएस नर्वे बि सहभागी गरेका थिए भने महिला तर्फ जेएसएस नर्वे ए र जेएसएस नर्वे बि टिमले सहभागिता जनाएका थिए।

आइतबार रातिसम्म भएको खेलमा नर्वेमा रहेका बिभिन्न सङ्सस्था तथा समुहबाट पुरुष तर्फ ९ टिम सहभागी रहेका थिए भने महिला तर्फ २ टिम सहभागी रहेका थिए । खेलमा जित हासिल गर्नेलाई पुरुषतर्फको टिमलाई ६ हजार क्रोनर (नेपाली करिब ८३ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, रनिंङ् कप र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टिमलाई पनि ३ हजार क्रोनर (करिब ४२ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी महिलातर्फ पहिलो हुने टिमलाई तीन हजार क्रोनर (करिब नेपाली ४२ हजार रुपैयाँ),कप, प्रमाणपत्र, मेडल र दोस्रो हुनेलाई १५ सय क्रोनर (करिब २१ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको जेएसएसले जनाएको छ छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्टका संयोजक श्री आबिश्कार बास्तोलाज्यूले जानकारी दिए ।

पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे बिजेता रह्यो भने आयोजक टिम जेएसएस `ए´उपबिजेता बन्न सफल भयो।

त्यसैगरी महिला तर्फ जेएसएस ए प्रथम भयो भने जेएसएस बि उपबिजेता बन्न सफल भयो। पुरुषतर्फका उत्कृष्ट खेलाडी जेएसएस `ए´का जिबनाथ भट्टराई भए भने महिला तर्फ जेएसएस `ए´की चन्द्रा चन्द उत्कृष्ट खेलाडी भईन। प्रतियोगिताका उत्कृष्ट खेलडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। साथै, साना बावुनानीहरुका लागी पनि उमेर समुह अनुसारका खेल प्रतियोगिता गराइएको थियो।

जेएसएस नर्वेले गत ६ वर्षदेखि निरन्तर रुपमा यस खेलको आयोजना गर्दैआएको छ जेएसएस नर्वेका सभापति श्री जितेन्द्र बिक्रम शाहीज्यूले जानकारी दिनुभयो । आइतबार सम्पन्न उक्त खेलमा नर्वेमा बसोवास गर्ने पाँच सय बढी नेपालीहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।

कमेन्टहरु
Loading...