आज २०७८जना निको भए, १२ जनाको मृत्यु

पोखरा। पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म नेपालमा ९ हजार ४ सय १२ जनाको ज्यान गइसकेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार २ सय ६१ जना रहेका छन् ।

कमेन्टहरु
Loading...