‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताएका छन् ।आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उनले भने, “भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्वानहरुलाई अनुरोध गर्दछु ।”

उनले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो जनाउँदै भने, “साहित्यकारका लागि तनहुँ तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रका रुपमा स्थापित गर्नु आवश्यक छ ।” पुण्य भूमिको समृद्धिका लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारपक्ष सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाए ।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई मुुख्यमन्त्री नेपालीले स्मरण गरे । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युगयुगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।

विसं १९७१ असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलीन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत जनाउँदै उनले संसारभर छरिएर रहेका नेपालीहरुका लागि आदिकवि सदासर्वदा प्रातःस्मरणीय रहेको विज्ञप्तिमा बताएका छन् ।

कमेन्टहरु
Loading...