गण्डकी प्रदेशमा सांसदको उठबस जारी

सम्पादकीय / पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै बनेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको सबै कार्यविभाजन गर्न बोलाइएको प्रदेश सभालाई नेकपा एमालेका सांसदद्वारा प्रदेश सभा अवरुद्ध गरेका छन् । संसद अवरुद्ध गर्ने, संसदमा उठ्ने बस्ने घटना यो नै पहिलो होइन ।

 

यसअघि गुरुङ सरकारको नेतृत्व हुँदा पनि बजेट पास गर्ने बेलामा नेपाली काँग्रेसका सांसदहरुले पनि संसद अवरुद्ध गर्दै उठ्ने बस्ने गर्दै आएका थिए । त्यसैको निरन्तरता संसदिय दलका नेता समेत रहेका गुरुङ नेतृत्वको नेकपा एमालेका सांसदले गरेका हुन् । अहिलेको सरकारले आर्थिक मसान्तमा १६ करोड रुपैयाँ रकमान्तर गरि आफ्ना कार्यकर्ता पोस्ने काम भएको उनीहरुको आरोप छ । उक्त १६ करोड रुपैयाँ कहाँ, कुन कसरी भन्ने पुरा विवरण सार्वजनिक गर्नुपर्ने माग सहित उनीहरुले संसद अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षले रकमान्तरको पुरा विवरण पेश गर्न नसक्नु सत्ता पक्षको कमजोरी हो भने हिजो गुरुङ नेतृत्वको सरकारले आफु अनुकुल हुँदा आर्थिक वर्षको अन्त्यमा लगभग ४ अर्ब बराबरको रकम रकमान्तर गरि रातो बुकमा नभएको योजनामा टेन्डर खुलाएको रहस्य पनि खुल्न आएको छ । यो जनताको लागि काम गर्ने थलो सरकार फेरिने वित्तिकै वा प्रतिपक्षमा हुँदा रोक्ने कार्य कहिले सम्म निरन्तरता पाउने । हिजो काँग्रेसले जे ग¥यो आज प्रतिपक्ष नेकपा एमालेले पनि निरन्तरता दिँदै गण्डकी प्रदेश सभालाई बन्धक बनाइरहेका छन् ।

यो उठबसको खेल अहिलेको होइन पुरानै खेलको निरन्तरता हो । तर उठबसको खेलबाट संसद अबरुद्ध भइरहदा सांसदले भत्ता लिन भने छाडेका छैनन् । संसद अवरुद्ध गर्ने र भत्ता लिन नछोडने यो प्रवृत्तिले न हिजोको सत्ता पक्षलाई न आजको सत्ता पक्षलाई गतिलो ठाउँमा पुराउदैन । संसदलाई फोहोर बनाउन अहिलेको सत्ता पक्ष र हिजोका सत्ता पक्ष दुवै लागेको देखिन्छ ।

कमेन्टहरु
Loading...