Alert: स्याङजा र गोरखामा पनि भेटियो नयाँ भेरियन्ट

गन्थन संवाददाता । स्याङजा र गोरखामा पनि नयाँ भेरियन्ट (Delta B.1.617.2) देखा परेको छ । स्याङजाका २ जना र गोरखाका ३ जना गरि ५ जनामा नयाँ भेरियन्ट देखा परेको हो ।

 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ गते काठमाडौं पठाइएका नमुनाहरुमध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्ट भन्दा बढी संक्रामक रहेको जनाइएको छ । व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्कता रहन आग्रह गरिएको छ ।

कमेन्टहरु
Loading...