प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेसँगै देशभरी नेपाली काँग्रेस,माओबादी केन्द्र , जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाले ओेली नेतृत्वको सरकार बिरुद्ध नयाँ गठबन्धन बनायो । त्यसकै प्रभावमा प्रदेश प्रदेशमा पनि नेकपा(एमाले) बिरुद्ध गठबन्धन बनेर प्रदेश सरकार हेरफेरको परिस्थिति निर्माण भयो । त्यहि गठबन्धनका कारण गण्डकी प्रदेशमा पृथ्वी सुब्बा नेतृत्वको सरकार ढल्यो र कृष्ण चन्द्र नेपाली नेतृत्वको सरकार गठन भयो । तर गण्डकी प्रदेशका जनताले नयाँ सरकार बनेको अनुभुति भने प्राप्त गर्न सकेनन् ।
सरकार बनेको करिब महिना दिनसम्म पनि सत्ता लुछाचुडिको कारण सरकारले पुर्णता पाएन । पोखरेल नेतृत्वको सरकारले गुरुङ सरकारले गरेको भन्दा केहि फरक काम देखाउन सकेन बरु आर्थिक बर्षको करिब १४ करोड रकमान्तर गरेर कार्यकर्ता पोस्ने काम ग¥यो । रकमान्तर गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कुनै ग्लानी भएन बरु पहिला पनि यस्तो काम भएको थियो भन्दै भाषण गर्न प्रदेशका मन्त्रीलाई भ्याई नभ्याई नै भयो । कानुनी तर्कले जित्न सक्ने अवस्था नबनेपछि उनले कृष्ण प्रसाद भट्टराईको नाम लिएर त्यसैको निरन्तरता हो भन्दै फिस्स हाँसेर त्यसैको निरन्तरता भएको बताए ।
गुरुङ सरकारको बाटोमा नै हिड्न थियो वा केहि नयाँ काम गर्न सकिदैन थियो भने किन नयाँ सरकार गठनको आवश्यकता प¥यो मुख्यमन्त्री ज्यु ? सरकार ढाल्ने बेला तपाईंहरुको प्रतिगमनको बिरुद्धको लडाई थियो कि सत्ता लिप्सा जनताले बुझ्न सकेका छैनन् । सरकार बनेको एक महिनासम्म पनि सरकारलाई पुर्णता दिन तपाईंलाई कस्ले र किन रोक्यो ? बजेट पेश गर्ने बेला मन्त्रालय खाली राखेर कस्तो खाले बजेट आउला पहिलाको जस्तै शिर्षक मात्र कि बिनियोजनसहित ? नयाँ सरकार बनेको केहि पनि अनुभुति दिलाउन नसक्नु तपाईं नेतृत्वको सरकारको सुरुवाती चरणकै असफलता हो कि नाई ? मुख्यमन्त्री ज्यु जस्ले आफ्नै सरकारलाई पुर्णता दिन महिना दिन लगाउँछ त्यसले जनताको समस्या हल गर्न सक्छ भन्ने कुराको बिश्वस कसरी लिन सकिन्छ ?