काठमाडौं । नेपालमा आज निको हुनेभन्दा संक्रमितको संख्या दोब्बरभन्दा बढी थपिएका छन् । पछिल्लो २४ घण्टामा १३३३ जना निको हुँदा २९७९ संक्रमित भएका छन् ।
त्यस्तै अहिलेसम्म सक्रिय सक्रमित २६ हजार ५ सय ४४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ रहेको छ । यससँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ रहेको छ ।