पोखरा/ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या घटेकोजस्तो देखिएपनि कोरोना संक्रमण नघटेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । निर्देशनालयले कोरोना संक्रमण दर नघटेको र परिक्षणको दायरा घटेको आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्विकार गरेको छ ।
गुरुङ सरकार सत्तामा रहेको बेला परिक्षणको दायरा घटाएको भन्दै चर्को आलोचना गरेको तत्कालीन बिपक्षी गठबन्धनको सरकार आउँदा पनि परिक्षणको दायरा बढेन बरु घट्दै गएको देखिन्छ । पछिल्लो समय संक्रमितको दर बढेको भन्दै निर्देशनालयले सजग रहनाका लागि सार्वजानिक आव्हान गरेको छ ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको अबस्थामा कोरोना परिक्षणको दायरा घटाकर नयाँ सरकारले कोरोना नियन्त्रण का लागि बिगतको सरकारको भन्दा केहि नयाँ गर्न नसकेको प्रष्ट देखिन्छ । केहि दिन अघि मात्र गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको रुपमा माओबादीकी नेता मधुमाया अधिकारी गुरुङले जिम्मेबारी बहन गरेकी छिन् । प्रतिपक्षीमा हुँदा आफैले उठाएको बिषय सत्तामा गएर पुरा गर्न नसक्दा आम जनतामा दलहरुप्रतिको बिश्वास कम हुँदै गएको छ ।
अहिले गण्डकी प्रदेशमा लकडाउन खुल्लाजस्तै बनेको छ तर कोरोना संक्रमण दर भने घटेको छैन । त्यसैले सबैले साबधानी अपनाऔं ।