गन्थन संवाददाता । गण्डकी प्रदेश सरकारले नियम विपरीत १६ करोड रुपैयाँ रकमान्तर गरि कार्यकर्तालाई खट्टे बाँडे झै बाडेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मिलेमतोमा चालु आर्थिक वर्ष अन्त्य हुँदै गर्दा १६ करोड रुपैयाँ नियम विपरीत रकमान्तर गरि बाँडिएको हो ।
दश दिन भित्र योजना सक्काउने भन्दै गण्डकी प्रदेश सरकारले करिब १६ करोड रुपैंया रकमान्तर गरेको हो । श्रोतका अनुसार कांग्रेसका ६० प्रतिशत योजना र माओवादीको ४० प्रतिशत योजनालाई रकमान्तर गरिएको छ ।
नियम अनुसार २५ प्रतिशत भन्दा बढि रकमान्तर गर्न पाइदैन तर गण्डकी प्रदेश सरकारका सत्ता साझेदारी गरेका दुई ठूला दलको मिलेमतोमा नियम मिच्दैं करोडौं रुपैयाँ बाँडिएको छ । अर्थमन्त्रालयका जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १ सय ५ वटा स–साना योजनामा रकम विनियोजन गरि कार्यकर्तालाई पोस्ने काममा गरेका छन् ।
१० दिन भित्रै योजना सम्पन्न गर्न असम्भव नै भएकाले करोडौँको योजना आफ्ना कार्यकर्ता पोस्नकै लागि विनियोजना गरिएको श्रोतको दावी छ ।