‘सहमती गर्ने अनि तोड्ने कुराको अन्त्यका लागि कार्यबिभाजनमा सहभागी बनेनौं’ : मन्त्री आचार्य

पोखरा । जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हरिशरण आचार्यले सहमति गर्ने अनि तोड्ने परम्पराको अन्त्यका लागि मन्त्रीहरुको कार्यबिभाजनमा सहभागी नभएको बताए ।

अर्थ मन्त्रालय नपाएर कार्यबिभाजनमा नजानुभएको भन्ने हल्ला छ नि भन्ने प्रश्नमा आचार्यले भने, ‘माओबादी र काँग्रेसले एउटै पदमा झुत्ती गरिसकेपछि हामीले अर्थ छाडेको थियौं । सरकार गठनका लागि माओबादी र काँग्रेसमा झगडा छ तर हाम्रो पार्टीमा केहि समस्या छैन तर पनि हाम्रो पार्टीको अर्का माननीयलाई पनि सपथ खुवाएर कार्यबिभाजन गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यो बिषयमा हामीले अर्थ मन्त्रालय छाडेपछी सहमति पनि भएको हो । तर कार्यान्वयन गर्न मुख्यमन्त्री ज्युले आनाकानी गर्नु भो । अनि स्वतन्त्र सांसद राजिब गुरुङसंग भएको सहमति पनि कार्यान्वयन भएन । सहमति गर्ने तोड्ने परम्परा अन्त्यका लागि सहभागी बनेनौं ।’

‘राजनीति भन्ने बित्तिकै जे पनि गर्छन भनेर बाहिर जुन आरोप लाग्ने गरेको छ । राजनीतिलाई सफा बनाउनका लागि सबैले यो कुरा तोड्न जरुरी छ । राजनीतिक नेताले जे बोले त्यो गर्छन भन्ने अबस्थाको सिर्जना गर्न पनि कसै न कसैले त त्यो रिक्स लिनपर्थ्यो त्यो हामीले लियौं । अब राजनीति फोहोर भयो भनेर मात्र बसेर हुँदैन । सफा गर्न पर्छ । त्यसको थालनी गरेको मात्र हौँ ।’आचार्यले भने ।

तपाईंहरुले बजेटमा समर्थन गर्नु भएन भने त बजेट फेल हुन्छ । गण्डकी प्रदेशमा पनि सरकार पनि संकटमा पर्छ नि भन्ने प्रश्नमा आचार्यले भने ,’ जुन कुराको लागि हामीले सहमति गरेका थियौं त्यो त पुरा भयो नि सरकार कसरी टिकाउने उहाँहरुको कुरा हो । उहाँहरुले गल्ती गर्दा पनि हामीले काँध थाप्न पर्छ जरुरी छैन । सत्ताको लागि जस्तो पनि सहमति गर्ने अनि सत्ता प्राप्तिपछि सहमति तोड्ने खेलको पछि हामी लाग्दैनौं । यसो गर्दा सरकार नै छाड्नपर्छ भने पनि हामीलाई कुनै आपत्ती छैन । हाम्रो कुरा यतिमात्र हो नेताहरुले जे बोल्छन त्यहि गर्छन भन्ने संस्कारको थालनी हुनुपर्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको पनि यो बिषयमा ध्यान जाओस ।’

कमेन्टहरु
Loading...