गण्डकी प्रदेश सरकारमा अझै किचलो,आचार्य र गुरुङ अझै बिना बिभागीय

पोखरा/गण्डकी प्रदेश सरकार गठन भएको पन्ध्र दिन हुँदा पनि सरकारले पुर्णता पाएको छैन । सरकार गठन प्रक्रियामा भएको सहमतिबाट मुख्यमन्त्री पछाडी हटेपछि सरकारले पुर्णता पाउन नसकेको माओबादी ,जसपा र स्वतन्त्र सांसद राजिव गुरुङले आरोप लगाएका छन् ।
सरकार गठन प्रक्रियामा काँग्रेसले माओबादीलाई भौतिक र जसपालाई अर्थ मन्त्रालय दिने भनेर सहमति गरेको भए पनि त्यसको कार्यन्वयन हुन नसकेपछि सरकार निर्माणको कामले गति लिन सकेको छैन । पछिल्लो समय सरकार विस्तार प्रक्रियामा देखिएको अन्योलतालाई चिर्नका लागि मुख्यमन्त्री पोखरेलले काठमाडौँ नै पुगेर दलका शिर्ष नेताहरुलाई भेटघाट पनि गरेका थिए ।
सरकार बिस्तार हुन नसकेपनि मुख्यमन्त्री पोखरेल मन्त्रीहरुको कार्यबिभाजनका लागि प्रस्ताब गरेका थिए । बिना बिभागिय मन्त्रीलाई अस्थायी प्रकारको कार्यबिभाजन गरेर भएपनि सरकार संचालन गर्न लागेका मुख्यमन्त्री दुई मन्त्रीको कार्यबिभाजन गर्न भने सफल हुन सकेनन् । जसपाले पछिल्लो समय सहमतिलाई निरन्तरता दिन भन्दै अर्थ मन्त्रालय छाडेपछि फेरी दुई मन्त्रालय दिन मुख्यमन्त्री तयार भएका थिए । तर मुख्यमन्त्रीले जसपाका सांसद धनमाया पोखरेललाई सपथ खुवाउन आनाकानी गरेपछि हरिशरण आचार्यले पनि कार्यबिभाजन नगर्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । र स्वतन्त्र सांसद राजिव गुरुङले पनि जसपासँग कुरा भएर कार्यबिभाजनमा सहभागि नहुने जारकारी मुख्यमन्त्री पोखरेललाई गराएका थिए ।
यता माओबादीका सांसद मधुमाया अधिकारी र काँग्रेसका सांसद कुमार खड्काले भने स्वास्थ्य मन्त्रालय र सामाजिक बिकास मन्त्रालयको जिम्मेबारी आजैबाट समालेका छन् ।

कमेन्टहरु
Loading...