दृष्टिविहिन तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

पोखरा । कास्की नेत्रहिन संघको समन्वय तथा विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखराको सहयोगमा कास्की जिल्लामा बसोबास गर्ने १ सय ६५ जना दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई असार १ गतेदेखि ५ गतेसम्म राहत वितरण गरिएको छ ।

घुम्ती राहत वितरण कार्यक्रममा कास्की नेत्रहिन संघद्वारा कोभिड प्रभावित ति व्यक्तिहरुलाई जनहि एक बोरा चामल, ३ के.जी. दाल, ३ लिटर तेल र २ के.जी. नुनसहितको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

सडक गायन, दोहोरी साँझमा कार्यरत, मसाज थेरापिष्ट, धुप, मैनवत्ति लगाएतको घुम्ती व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका १२१ दृष्टिविहिन तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको कुरा विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखरा च्याप्टरका अध्यक्ष हरीमाया शर्मा र सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मी गुरुङले जानकारी गराए ।

कोभिड माहामारीका कारण जारी निशेधाज्ञामा आफ्नो दैनिक गुजारा गरी जीवन निर्वाहमा समस्या भएका व्यक्तिहरुको समस्यालाई दृष्टिगत गरि कास्की नेत्रहिन संघले सम्वन्धित परिवारको घरमै पुगि राहत वितरण गरिएको कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले बताए ।

संघले यसभन्दा अगाडि पनि सुप्रिना फाउन्डेशनको सहयोगमा २० जना र समाजसेवी संगिता पौडेलको सहयोगमा ६ जना दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेको वताउदै कोभिडका कारण भोकमरीमा परेका दृष्टिविहिनहरुलाई कास्की नेत्रहिन संघको सम्पर्कमा आउन र सहयोग दाताहरुलाई संस्थामार्फत सहयोग गरी राहत वितरणलाई व्यवस्थित गर्न संघका अध्यक्ष सापकोटाले अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...