तनहुँ संवादाता । नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले तनहुँ र लमजुङका ११ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
शनिबार तनहुँको दमौलीमा दुबै जिल्लाका स्थानीय तहका प्रमुखलाई बोलाएर नेता पौडेलले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेता पौडेलले लमजुङको मध्येनेपाल नगरपालिका र तनहुँका दश वटा पालिकालाई सामग्री सहयोग गरेका थिए ।
पछिल्लो समय कोभिडको संक्रमण बड्दै गैरहेकाले सुरक्षित रहनको लागि जिल्लाका नागरिकलाई नेता पौडेलले स्वास्थ्य सामग्री उपलव्ध गराएका हुन् ।
कन्सटे«टर, माक्स, सेनीटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री नेता पौँडेलले प्रदान गरेका थिए ।
प्रत्येक पालिकालाई एक एक थान कन्सट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । फ्रन्टलाइनर स्वास्थ्यकर्मी, चिकित्सक लगायतलाई कोभिडबाट जोगिन सहयोग पुग्न्ने उदेस्यले जिल्लाका विभिन्न स्थानीय तहलाई नेता पौडेलले स्वास्थ्य सामग्री उपलव्ध गराएका हुन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेता पौडेलले कोभिडको संक्रमणबाट सुरक्षित रहन स्वास्थ्य सामग्री उपयोगी हुने बताए ।