समाजसेवी पौडेलको समन्वयमा कार्टर पिलर र एसिष्टद्वारा ५५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

पोखरा ।
अमेरिकाको कार्टर पिलर फाउण्डेशन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड सम्बन्धित विभिन्न स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ ।

भिजन एण्ड भ्यालुका निर्देशक समेत रहेका समाजसेवी पदमराज पौडेलको संयोजनमा नेपालका विभिन्न स्वास्थ्यालयहरुका लागि झण्डै ५५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएकोमा ति अस्पतालहरुमा बिहिबार फरक फरक कार्यक्रमका विच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक थान भेण्टिलेटर, सक्सेन मेशिन, प्यासेण्ट मेसिन सहित झण्डै १५ लाख बराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग प्रदान गरियो । उक्त स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले कोभिड महामारीमा यि सामग्रीहरुको महत्वपूर्ण भएको बताए ।

त्यस्तै लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सामग्री बुझ्दै अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचनले आर्थिक समस्याका विभिन्न सामग्रीको उपलब्ध नहुँदा विरामीको उपचारमा कठिन भएको जनाए। उनले वर्तमान अवस्थामा यि सामग्री अत्यन्तै महत्वपूर्ण भएको जनाउँदै लक्षित वर्गले यसको उपभोग गर्ने विश्वास दिलाए । सो अस्पतलामा १३ लाख बराबरको कोभिड उपकरणहरु प्रदान गरिएको हो ।

त्यस्तै, लेखनाथकै रुपा स्वास्थ्य चौकी र पोखरा–३१ स्थित बेगनास स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर, नेबुलाइजर, मास्क, स्यानिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । सामग्री बुझ्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उक्त सामग्री कोभिड सम्बन्धितहरुको उपचारमै लगाउने बताए । त्यस्तै बेगनास स्वास्थ्य चौकीमा सामग्री बुझ्दै वडा ३१ का वडासदस्य पूर्णाखर पाण्डेले पोखरा महानगरपालिका भएपनि आफ्नों वडा भौगोलिक दृष्टीकोणले केहि विकट भएको हुँदा त्यहाँका जनतालाई उक्त सामग्री अत्यन्तै महत्वपूर्ण हुने औल्याए ।

विभिन्न ठाउँमा आयोजिक सहयोग हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गर्दै सहयोग कार्यक्रमका संयोजक पदमराज पौडेलले कोभिड महामारीमा नेपालका विभिन्न स्थानका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी एसिष्ट इन्टरनेशलनका रे स्मिथ तथा कार्टर पिलर फाउण्डेशप्रति कृतज्ञता जाहेर गरे । काठमाण्डौको बिर अस्पताल, कान्ती बाल अस्पताल र बनेपाको सिर मेमोरियल अस्पताललाई पनि स्वास्थ्य सामग्री सहयोग गरिने उनले जानकारी दिए ।

स्थानिय भएकोले आफ्नों क्षेत्रमा सहयोग उपलब्ध गराउन पाउँदा आफुलाई पनि खुसि लागेको उनले बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमहरुमा सहयोगी राजेन्द्र ढकाल, राज केसी, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाल, डाँडानाक प्रहरी चौकीका प्रमुख महेन्द्र मरासिनी, पत्रकार राजु भण्डारी, पूर्व शिक्षक फडिन्द्रमोहन शर्मा, समाजसेवी देवराज पंथी, सहयोगी ध्रुव पंथी लगायतले कोभिड विरुद्धको लडाईमा सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...