अहिले गण्डकी सरकारको दिर्घायु मागेपनि पुरा हुन सक्दैनः सांसद दवाडी

पोखरा । गण्डकी प्रदेश सांसद धनन्जय दवाडीले अहिलेको गण्डकी सरकारको लामो आयुको कामना गरेपनि पुरा नहुने बताएका छन् ।

गण्डकी प्रदेश सभामा आज कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतको प्रस्तावमाथीको छलफलमा आफ्ना निम्ती तयार गरिएको गठबन्ध, नीति तथा समस्याको जगमा बनेको सरकार लामो दिर्घायुको कामना गरे पनि पुरा हुन नसक्ने उनले बताएका हुन् ।

मुख्यमन्त्री पाेखरेललाई इंकित गर्दैै सांसद दवाडीले भने ‘आफ्ना निम्ती तयार गर्नुभएको गठबन्धनमा, बिचारमा, बिधिमा, ब्यबहार र समस्याको जगमा बसेर उभिनुभएको तपाइको सरकारको धेरै लामो दिर्घायुको कामना मैले गरे पनि हुन सक्दैन ।’ साथै उनले गठबन्धनबाट नेपालीले प्रस्तुत गरेका मृख्यमन्त्रीको विश्वासको मतलाई आफुले समर्थन गर्न नसक्ने बताए ।

२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार अाज मत मागेका हुन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ ।
मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।
कमेन्टहरु
Loading...