आज विश्वासको मत लिदैंछन् मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदैं छन् ।

उनले बजेटबारे छलफल हुनु अगावै विश्वासको मत लिने तयारी गरेका हुन् ।

जेठ २८ गते पृथ्वी सुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि संविधान धारा १६८ को ५ अनुरुप पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यबस्था रहेको छ ।

विहिबार बाढीपीडितका लागि राहत लिएर मनाङ सदरमुकाम चामे पुगेका मुख्यमन्त्री पोखरेल आज विहान मात्रै पोखरा आइपुगेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ सरकारको पक्षमा रहेका छन् भने प्रतिपक्षी दल एमालेसंग २७ सांसद छन् । सभामुखले मत हाल्न पाउँदैनन् ।

यद्यपी मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्न नसकेमा मध्यावधी निर्वाचन उन्मुख बन्नेछ ।

कमेन्टहरु
Loading...